होमपेज / समाज

बबई नदिमा डुबेर दाङमा एक बालिकाको मृत्यु

  छिटो खबर २०७७ कार्तिक ४ गते मंगलबार १८:२९:२६ मा प्रकाशित

बबई नदीमा डुवेर दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर १४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ वर्षीय छोरी कृतिका चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आज दिउँसो आमाछोरी बबई नदीमा कपडा धुन गएको समयमा छोरीको डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।मृतक बालिकाको आमाले कपडा धुदै गर्दा छोरी बबई नदीमा खसेर डुवेको अवस्थामा थाहा पाएपछि तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top