होमपेज / समाज

दुर्घटनामा परी सल्यानमा एक युवकको मृत्यु

  छिटो खबर २०७७ कार्तिक १७ गते सोमबार २२:२१:३३ मा प्रकाशित

सल्यान ।सल्यानमा मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा एक युवकको मृत्यु भएको छ।
लान्ति बाट सल्यान श्रीनगर तर्फ आउदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकलमा पछाडि सवार पूर्ण रेउलेको जिल्ला अस्पताल सल्यानामा उपचारको क्रममा मृत्यु भएको हो।

१७ गते सोमबार बेलुका ६ बजेतिर सल्यानको लान्ती बजार नजीक मोटरसाइकल दुर्घटना हुँदा रेउले गम्भीर घाइते भएका थिए । प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए।

मृतकको ठेगाना जिल्ला दाङ चिराघाट रहेको बुझिएको र वायरिङको कामको लागी आजै सल्यान आएको बुझिएको छ ।दाङ बाट गाडीमा लान्ति सम्म आएर लान्तिबाट उनी मोटरसाइकलको लिफ्ट लिई श्रीनगर तर्फ आउँदैगर्दा दुर्घटना भएको हो। मोटरसाइकल चालक सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १३ अन्तरकाडा निवासी १८ वर्षिय सुमन बुढा हुन।घटना भए लगत्तै मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सल्यानको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलिले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top