होमपेज / समाज

सल्यानमा समुदायमै पहिलो पटक ठूलो संख्यामा संक्रमण पुष्ठि

  छिटो खबर २०७७ कार्तिक २८ गते शुक्रबार २१:२५:४४ मा प्रकाशित

कार्तिक २८, सल्यान ।सल्यानको प्रमुख बजार क्षेत्रमा ठूलो संख्यामा कोरोना संक्रमीत फेला परेका छन।शुक्रबार प्राप्त रिपोर्टमा सल्यानको प्रमुख बजार श्रीनगरमा ३३ जना कोरनो संक्रमित पुष्ठि भएका हुन।एक हप्ताको लागि श्रीनगर बजार शिल भैरहेको बेला देखिएको यो संक्रमणले कोरोना संक्रमणको अबस्था संबेदनसिल प्रमाणित भएको छ। 

सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगर बजार एक हप्ताका लागि सिल गरिएको छ । कोरोनाको अवस्था जटिल हुँदै गएकोले बजारलाइ एक हप्ताका लागि सिल गरिएको हो।
श्रीनगर नजिकै रहेको दारिमचौर गाउँका एक जनाको कोरोनाबाट मृत्यु भएको र श्रीनगरका केहि व्यापारीलाइ लक्षणसहितको कोरोना पोजेटिभ भइ सिकिस्त विरामी भएपछि बजारलाइ कार्तिक २३ गतेदेखि कार्तिक २९ गते सम्मका लागि सिल गरिएको हो।कोरोना संक्रमणका कारण सल्यानमा पहिलो व्यक्तिको मृत्युु भएको छ ।
त्यस्तै आज सल्यानमा अहिले सम्मकै धेरै परिणाममा थप ३३ जना नया कोरोना संक्रमीत थपिएका छन।
थपिएका संक्रमीत मध्य अधिकाङ्स श्रीनगर क्षेत्रका रहेको बताएको छ।

शारदा नगरपालिका स्वास्थ्य शाखाले बिहिवार सङ्कलन गरेको ४६ जना नगरवासी हरुको स्वाव परिक्षणको पछिल्लो रिपोर्ट मध्य ३३ जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरका कोरोना फोकल 
पर्सन रबिन बिष्टले जानकारी दिएका छन।

संक्रमीत मध्य नगरपालिकाको वडा नम्बर १ श्रीनगर क्षेत्रका ३० जना, वडा नम्बर ६ का २ र वडा नम्बर १४ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको बिष्टले बताए। संक्रमीत मध्य २ जना प्रहरी समेत रहेको बताएको छ।

कोरोना संक्रमीत हरुको सम्पर्कमा रहेका,विभिन्न क्षेत्रको अग्रमोर्चामा कृयाशिल र सर्वसाधारण हरुको स्वाव सङ्कलन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top