होमपेज / समाज

बसबाट खसेर एक जनाको मृत्यु

  छिटो खबर २०७७ मंसिर ३ गते बुधबार १८:३१:१४ मा प्रकाशित

सल्यान ३, मंसिर ।
चलिरहेको बसको ढोका बाट खसेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ खरिबोटमा बाफुखोलाबाट दाङ्ग तर्फ जाँदै गरेको ना ५ ख १००१ नम्बरको बसको ढोका बाट खसेर २१ बर्षिय युवक एकराज खड्काको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गोबिन्द थापाका अनुसार बागचौर नगरपालिका वडा नम्बर ११ घर भएका ति युवकलाई बसमा बान्ता हुनथाले पछि ढोकामा गएको र त्यहि ढोका बाट खसेका थिए ।
उनको बागचौरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याउदा अस्पतालले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बुधबार बिहान ११ बजेतिर घटेको र यस बारेमा आबश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top