होमपेज / समाज

खलंगा बजार एक हप्ताको लागि शिल : छत्रेश्वरीले शिल गरेन 

  छिटो खबर २०७७ मंसिर ९ गते मंगलबार १०:०१:१३ मा प्रकाशित

मंसीर ९, सल्यान ।
सल्यान प्रशासनले खलंगा बजार क्षेत्र एक हप्ताको लागि शिल गरेको छ । मंसीर ५ गते संकलन गरिएको स्वाब अन्तर्गत सर्वसाधारण तथा कर्मचारी गरी १० जनालाई कोरोना संक्रमण पुष्टी देखिए पछि मंगलबार जिल्ला प्रशासन कार्यालय सल्यानने शिल गरिएको सूचना जारी गरेको हो । 
खलंगा डांडागाउँको जोरपिपल देखि मिल होटेल पूर्वको क्षेत्र, पुरानो बसपार्क देखि लेपाल बैंक लिमिटेड सम्मको बजार क्षेत्रमा जमघट, भेला आवतजावत तथा व्यापार पूर्ण रुपमा निषेध गरिएको प्रशासनले जनाएको छ । व्यापार, व्यवसाय तथा निजी क्षेत्रहरु शिल गरिएपनि सरकारी कार्यालय, सन्चार क्षेत्र, बैंक तथा वित्तीय तथा वित्तीय संस्थाहरु र स्वास्थ्य संस्थाहरु भने खुला नै रहने जनाईएको छ । यसै गरी अत्यावश्यक सेवा, खाद्यान्न, डेरी, तरकारी पसल, फलफुल पसल भने विहान ९.३० बजे सम्म खुला रहने सूचनामा उल्लेख गरिएको छ । 
प्रशासनको यो निर्णय प्रति स्थानीय वासिन्दा भने सन्तुष्ट देखिएका छैनन । सरकारी कार्यालय तथा वित्तीय स्ंस्थाहरु सन्चालन गरेर अन्य क्षेत्र शिल गर्नुले कुनै अर्थ नरहने स्थानीयहरुको तर्क रहेको छ । एक स्थानीयले भने “संक्रमण रोक्ने उपाय बजार शिल मात्रै होइन । बरु आवश्यक सजकता अपनाएर नियमित काम काज गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ ।” 
छत्रेश्वरीले शिल गरेन दारिमज्यूला 
छत्रेश्वरी गाउँपालिकाको वडा नं. ३ दारिमज्यूला गाउँपालिकाले शिल नगर्ने भएको छ । स्थानीय हरु ३ जनामा कोरोना संक्रमण पुष्टि भएको उक्त क्षेत्र शिल नगर्ने छत्रेश्वरी गाउँपालिकाले बताएको छ । शिल मात्रै कोरोना नियन्त्रणको विकल्प नभएकोले यसको अर्थ नभएको गाउँपालिकाले जनाएको छ । संक्रमितहरु अहिले उपचार रत रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top