होमपेज / समाज

सल्यानमा काङ्ग्रेसको व्यापक प्रदर्शन : प्रहरी प्रशासन लाई निष्पक्ष काम गर्न आग्रह

  छिटो खबर २०७७ मंसिर ३० गते मंगलबार ०८:०३:०३ मा प्रकाशित

मंसिर २९, सल्यान ।देशव्यापी कार्यक्रम अन्तर्गत सल्यानमा पनि सरकार विरुद्ध प्रदर्शन भएको छ । सोमबार सल्यान सदरमुकाम खलंगामा भएको सरकार विरुद्धको प्रदर्शन पछि भएको विरोध सभालाई संबोधन गर्दै नेताहरुले कम्युनिष्ट पार्टी र ओली सरकार विरुद्ध चर्काे आक्रोस व्यक्त गरेका हुन ।                      ईतिहाँसमा काँग्रेसलाई सिध्याउन लागीपरेका शक्तीहरु समाप्त भएको स्मरण गराउदै उनिहरुले सर्वसत्तावादी, भ्रष्ट ओली सरकार र कम्युनिष्टहरुको पनि पतनको दिनगन्ती सुरु भएको चेतावनी दिएका हुन । सभालाई सम्बोधन गर्दै उनिहरुले लोकतन्त्रको लागी जिवनभर लडेका, जेलनेल बसेका तथा नेपालको लोकतान्त्रीक आन्दोलनका सम्मानित बरिष्ठ नेता रामचन्द्र पौडेललाई मंंसिर १७ गते तनहुमा लछारपछार गरेर धरपकड गर्नू, अपमान गर्नू, लोकतन्त्रकै अपमान भएको बताए ।                                         ओली सरकारको सर्वसत्तावादी प्रवृति, कोभिड– १९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामाग्री खरिदमा अनियमितता, राज्य आतंक, चर्काे मुल्य वृद्धि, भ्रष्टाचार र कुशासन तथा मंसिर १७ गते पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुमा धरपकड गरेको धरपकड विरुद्ध नेपाली काँग्रेसको देशव्यापि बिरोध कार्यक्रम अनुसार सोमबार सल्यानमा पनि नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानहरु बाट ठुलो मात्रामा कार्यकर्ताहरु सहभागी भएका थिए ।                     कार्यक्रम लाई सम्बोधन गर्दै नेता डिल्लिराज रेग्मिले नेपालका कमुनिस्ठ हरुले मार्क्स र एङ्गेल्स हरुलाइ समेत लज्जित बनाएको भन्दै कटु आलोचना गरेका थिए । यसै गरि कम्युनिस्ठ प्रवृति प्रती कटाक्ष गर्दै पुर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहले कम्युनिश्ठ हरु उत्ताउलो र भ्रस्टाचारि भएको बताएका थिए । स्थिर सरकारको जनादेश स्वरुप लागि नेकपालाइ दुई तिहाइ सिट प्राप्त भएपनी अपेक्षाकृत काम गर्न नसकेको तर्फ औल्याउँदै नेता ध्रुवराज पुरी ले "प्रधानमन्त्री ओलि अत्यधिक बोल्ने तर सिन्को नभाच्ने" भनेका थिए । यस्तै क्षेत्रीय सभापति सन्तोस केसि ले यो सरकार भ्रष्टाचार लिप्त रहेको र जन चाहना अनुरुप कुनै प्रकारको परिवर्तन अनुभूत गराउन नसकेको भन्दै काङ्ग्रेस लाई नजिस्काउन चेतावनी दिएका छन । प्रहरी, प्रशासन लाई निश्पक्ष भै काम गर्न र केपि ओलिको कार्यकर्ता नबन्न अधिकांस नेता हरुले सुझाव दिएका छन । कार्यक्रममा महासमिति सदस्य तथा प्रदेश सभा निर्वाचनका उम्मेद्वार एकराज डाँगी, महासमिति सदस्य तथा त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, महासमिति सदस्य प्रेम डाँगी,  क्षेत्र नं २ का सभापति तथा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, क्षेत्र नं १ का सभापति गोरख केसी, जिल्ला कमिटी सदस्य सुरेश अधिकारि, जिल्ला कमिटी सदस्य लोकराज आचार्य, नेविसंघ उपाध्यक्ष प्रेमनारायन विक, नेपाल शिक्षक संघ अध्यक्ष एकराज बुढाथोकि, महिला संघ जिल्ला अध्यक्ष लगाएतले सम्बोधन गर्दै  ओली सरकारको भण्डाफोर र आलोचना गरेका थिए । पार्टी सचिव प्रकाश भन्डारीले सन्चालन गरेको कार्यक्रम सहसहिव सन्तोस सेन ओलिको स्वागत मन्तव्य बाट सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top