होमपेज / समाज

वैसाख २३ मा संसदीय चुनाव गर्ने ओलिको प्रस्ताव : पोखरामा नारावाजी

  छिटो खबर २०७७ पौष ५ गते आइतबार १३:०५:३५ मा प्रकाशित

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाकी छ ।

पोखरामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै पोखरामा विद्यार्थीले आन्दोलन थालेका हुन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top