होमपेज / समाज
१९ पुस, सुर्खेत :
कर्णाली प्रदेशमा नेकपा ओली समूहका मन्त्रीहरुले समुह परिवर्तन गरेको बताइएको छ । ओलि समुहका दुु ईमन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा गएको बुझिएको छ ।
सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा आएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिएकिछन।
दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए । सांसद रोकाय पनि ओली समूहकै कोटाबाट प्रदेश विधायन समितिका पूर्वअध्यक्ष हुन् ।
तीन जना यता आएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् ।
सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।यो समिकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ ।