होमपेज / पर्यटन

प्रादेशिक महोत्सब सल्यान २०७६ काे तयारी तिव्र: मुख्यमन्त्रीले उद्घाटन गर्ने

  छिटो खबर २०७६ माघ २० गते सोमबार १०:०६:३५ मा प्रकाशित

 २०,माघ सल्यान ।

सल्यानमा हुने प्रादेशिक व्यापार मेलाकाे कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गर्ने भएका छन ।  यसकाे लागि सल्यान उद्योग बाणिज्य संघ सल्यानको मुख्य आयोजनामा यहि माघ २९ गते देखी फागुन ११ गते सम्म संचालन हुन लागेको प्रादेशिक कृषि,पर्यटन,उद्योग,ब्यापार तथा सांस्कृतिक महोत्सब २०७६ को तयारी पनि तिब्र पारेको छ । महोत्सबमा सल्यान जिल्लाका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार,यस क्षेत्रमा उत्पादित बस्तुहरुको बिशेष प्रर्दशनि,जातिय प्रचार प्रसार झल्काउने सांस्कृतिक तथा झाँकीहरुको प्रर्दशनि हुने आयोजकले जनाएको छ ,। महोत्सबलाई ब्यबस्थित तथा स्तरिय बनाउनको लागी बिभिन्न समिति तथा उपसमिति बनाएर कामहरु भइरहेको जनाइएको छ ।

महोत्सबमा दर्शक मनोरन्जनका लागी लागी स्थानिय तथा राष्ट्रीय कलाकारको चर्तित कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने छ । २०० वटा स्टलहरु रहने महोत्सब लाई करिब १ लाख दर्शकले अबलोकन गर्ने र करिब ५ करोडको कारोबारो हुने अनुमान गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र शारदा नगरपालिका आयोजक रहेका छन भने जिल्लाका ९ वटा स्थानिय तहहरु सहआयोजकको रुपमा आबद्ध भएका छन । करिब ११ दिन सम्म चल्ने महोत्सब लाई मुख्य प्रयोजन ग्लोबल आइएमई बैकले गरेको छ भने कृषि बिकास क्षेत्र बिकास कार्यक्रम,आईफाड र बजाजले बिशेष प्रायोजन गरेको संघका महासचिब भरत बस्नेतले बताए । नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश, भुमि ब्यबस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली प्रदेश, उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय कर्णाली प्रदेश र नेपाल पर्यटन बोर्ड प्रर्बद्धकका रुपमा रहेका छन । 

यसै गरी सल्यान उद्योग बाणिज्य संघ सल्यानले मनाउन लागेको रजत जयन्तीकाे तयारी पनि पुरा भएकाे छ। यहि माघ २२ गते मनाउन लागेको रजत जयन्ती तथा ९ औ बार्षिक उत्सबको तयारी अन्तीम पुरा भएकाे संघले बताएकाे छ।

रजत जयन्तीको अबसरमा सोमबार जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गर्ने र मंगलबार जिल्लाका प्रमुख बजार हरु सरसफाइ कार्यक्रम रहेकाे उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर चलाउनेले बताए । रजत जयन्ती तथा महोत्सब लाई लक्षित गरि जिल्लाका सम्पुर्ण सरोकारवाला निकाय, सुरक्षा निकाय, बित्तिय संघसंस्था, होटल ब्यबसायी, बजार ब्यबस्थापन समितिका प्रतिनिधि, जिल्लाका बिभिन्न संघसंस्थाहरु लगायत संगको अन्तरक्रिया पनि सम्पन्न गरेको अध्यक्ष चलाउनेले जानकारी दिएका छन। रजत जयन्तिकाे समुदघाटन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी रानाले गर्नेछन ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top