होमपेज / पर्यटन

ऋतु अनुसार रंग बदल्ने कुपिण्डे ताल (फोटो फिचर)

  छिटो खबर २०७६ मंसिर ६ गते शुक्रबार २३:१८:०५ मा प्रकाशित

कर्णाली प्रदेशमा ‘मिनी रारा’ भनेर पनि चिनिने सल्यानको कुपिण्डे तालमा नीलो पानी, वरिपरि मिलेका पहाड, हरियो जंगल देखिन्छ । उत्तर दक्षिण फैलिएको यो ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्लाकै एक उत्कृष्ट पर्यटकीय स्थल हो । वर्षा, हिउँद र गर्मी याममा मौसामपिच्चे यो तालले रङ्ग फरक फरक हुने गरेको छ । डुङगा चालक तिलक गोसाईले बताउनु भयो ।

रमाइलो त के भने वर्षामा बाढी पस्दा पनि कुपिण्डे तालको पानी कहिल्यै धमिलो हुदैन । वरिपरि घना जंगल भए पनि तालमा एउटा पनि पात खसेको नभेटिने स्थानीयहरु बताउछन् । अहिले टाढा टाढाबाट पर्यटकहरु आएर तालमा डुङगा सयर गरी रमाउने गरेका छन् ।

ताल हेर्न आउनु भएका पर्यटक सोम गुरुङले बताउनु भयो ।  किम्बदन्ती अनुसार कुपिण्डे गाउँमा भगवान भिक्षुक बनेर  धेरै घरमा बास माग्दा बास कसैले नदिएपछि गाउँ नै दह बनेको हो । 

यहाँ ताल नजिकै एउटा मन्दिर पनि छ । प्राकृतिक सुन्दरताले भरिएको यस स्थानलाई पर्यटकीय गन्त्यव्यमा सूचीकृत गरिएसंगै कुपिण्डे नगरपलिकाले गत बर्ष विकासका लागि योजना बनाएको थियो । तर अहिलेसम्म केही काम भएको छैन ।

नगरपालिकाको योजना अनुरुप काम हुन नपाए पनि पर्यटकहरु भित्राउनको लागि  पद मार्ग निर्माण गरिने ८ नम्बर वडा अध्यक्ष कुल बहादुर पुरीले बताउनु भयो ।  मुद्री सतहदेखि १ हजार १ सय २० मिटर उचाईमा रहेकोे छ भने  गहिराई ३४ मिटर, आठ सय ३४ मिटर लम्बाई र पाँच सय ३८ मिटर चौडाई रहेको छ ।

कुपिन्डे तालको क्षेत्रफल २२ दशमलव ५३ हेक्टर फैलिएको छ । कुपिण्डे ताललाई पर्यटकीय गन्त्यव्यमा सूचीकृत गरेर मात्र पुग्दैन, यसको प्रवद्र्धनका लागि सरोकारवाला र स्थानीय तहले ध्यान दिन जरुरी छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top